अर्थमन्त्रीको निर्देशन

पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री महत

आइतबार, साउन २८, २०८०

काठमाडौँ– अर्थमन्त्री डा.प्रकाशशरण महतले बदलिदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार भन्सार बिभागले काठमाडौंमा आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा. महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको भन्दै आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर सक्रिय हुन भन्सारका कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।

आयतकर्ता र करदाताहरुलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने उनले बताए । उनले भन्सारका प्रत्येक कार्यालयको कार्ययोजना माग गर्दै लक्ष्य अनुसारको राजस्व संकलनका लागि गम्भीर हुनुपर्ने धारणा राखे ।

मन्त्री महतले अहिलेको परिस्थितिमा आर्थिक गतिविधि बढ्नुपर्ने र जिम्मेवार भएर काम गरे लक्ष्यभन्दा बढी पनि राजस्व उठाउन सक्ने उल्लेख गरे ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार