भैरहवा उडेको जहाजमा समस्या देखिएपछि काठमाडौँ फर्काइयो

बिहीबार, साउन २५, २०८०

काठमाडौँ - भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै फिर्ता गरिएको छ।

 प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ।

यात्रुहरूलाई अर्को जहाजबाट भैरहवा पठाउने तयारी छ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्