परिभाषा बदलिन खोज्दा अधिकारीले दिएको पारिवारिक स्पाको अर्थ

बिहीबार, साउन २५, २०८०

काठमाडौंनकारात्मक परिभाषातिर लम्किएको स्पा सेवालाई सकारात्मक सन्देश दिने लयमा उत्रिएकी छन्, सविता अधिकारी। उनले होटल ठमेल पार्कमा पारिवारिक स्पा सञ्चालन गरिरहेकी छन्।

तर, अहिले शहरका विभिन्न गल्लीमा स्पा खोलेर त्यसको परिभाषा नै बदल्ने स्थितिमा उनका लागि पारिवारिक वातावरणमा सेवा दिनु कम चुनौति छैन।

spa 21691644975.jpg

आनन्द, आराम र उपचारको मिश्रणका रुपमा रहनु पर्ने यस्ता स्पा सेन्टरहरू अहिले विकृत मसाजका रुपमा परिणत हुन थालेका छन्।  स्पा के हो ? किन आवश्यक छ भन्ने औचित्य पुष्टि गर्न नसके पनि व्यापारका नाममा यस्ता स्पा सेन्टरहरू खुल्ने क्रम तिब्र बनेको छ।

युरोपमा आधुनिक उपचार प्रणाली सुरु नहुँदा पानीको पद्धतीमार्फत विभिन्न रोगको उपचार गरिन्थ्यो, त्यही जल मार्फत उपचार गरिने प्रणालीको परिभाषा स्पा हो।

स्पा पद्धती रोमन सभ्यता सग पनि जोडिएर आउँछ । स्पा वास्तवमा एउटा थेरापी हो, जसले शरीरलाई मात्र होइन यसले त मन हुँदै आत्मासम्मलाई शान्त बनाई पूर्ण आनन्द दिन्छ । स्पा विशुद्ध उपचार पद्धति हो  तर बदलिँदो समयसँगै अब यो आराम र आनन्दको माध्यम बन्न थालेको छ, अधिकारी भन्छिन्।

राजधानीको ठमेलका केहि स्टार होटलले डेढ दशक अघिदेखि यस्तो सेवा सुरु गरेको देखिन्छ।

spa 41691644995.jpg

स्पाको समान्य तालिम समेत नलिएकाहरूले यस्ता सेन्टर खोल्न थालेपछि स्पाप्रति समाजले हेर्ने दृष्टिकोण नकारात्म बन्दै गएको स्वयम्र संचालकहरू बताउँछन् । अस्ट्रेलियाबाट  स्पाको तालिम लिएर होटल ठमेल पार्कमा स्पा सेवा दिदै आएकी अधिकारी भन्छिन्,‘स्पा भनेको मसाज मात्र होइन झन् विकृत मालिस त हुँदै होइन। स्पा आनन्द, आराम र उपचारको एउटा समग्र प्याकेज हो।

उनको भनाईलाई आधार मान्ने हो भने राजधानीमा खुलेका सय भन्दा बढी स्पा सेन्टरका सबैले तालिम लिएका छन् त? उपचार पद्धतीसग जोडिएको स्पालाई बिना अध्ययन र तालिम गर्न थालियो भने सेवाग्राहीले लाभ भन्दा पनि बढि जोखिम व्योहर्नु पर्ने हुन सक्छ।

मसाजका नाममा जथाभावी शरिरका अंग तन्काउने, थिच्ने गर्दा सेवाग्राहीलाई जोखिम हुन सक्ने अधिकारीको भनाई छ । स्पा लाई हेर्ने नजर बदल्न र आफ्नै देशमा स्पालाई सम्मानित पेशा बनाउने भन्दै अधिकारी ७ वर्ष अघि नेपाल फर्किएकी थिइन्। उनको ठमेल पार्क होटलमा स्पाका सबै प्याकेजलाई समावेश गरेकी छन्। स्पालाई उपचार पद्धतीसग जोडेर हेर्न आग्रह गर्दै उनले सेवा ग्राहीलाई केहि सुझाव समेत दिएकी छन्।

स्पा गर्न जानुअघि आफ्नो आवश्यता के हो ? के कारणले स्पा जान लागेको हो स्पष्ट भएर गए मात्रै फाईदा हुन्छ, उनी जोड्छिन्,‘पसिनाको माध्यमद्वारा शरीरका विषादी बाहिर निकाल्ने हो भने सौना स्टिम गर्नु पर्छ।

spa 31691645017.jpg

शरीरलाई तन्काउने, आराम दिलाउने हो भने तालिम प्राप्त व्यक्तिबाट मसाज गराउने,   तनाव तथा अनिन्द्रा छ भने शिरोधारा गर्दा फाईदा हुने उनी बताउँछिन्।

चिसोका कारण शरीरका मांसपेशीमा पीडा भएको छ भने चाहि हट स्टोन मसाज गर्नु उपयुक्त हुने अधिकारीको भनाई छ।

दिनभरको कामको धपेडीबाट उन्मुक्ति लिन स्पा लिनेहरूको संख्या बढ्दो छ। तर त्यहा भित्र दिइने सेवा कति उपयुक्त र लाभदायक छ भन्नेमा चाही सेवाग्राही स्वयम् चनाखो हुनु पर्ने अधिकारीको सुझाव छ।

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ११:०७
प्रतिक्रिया दिनुहोस्