सेयर बजारमा गिरावट कायमै, ३ अंकले घट्यो नेप्से

सोमबार, साउन २२, २०८०

काठमाण्डौ - सोमबार पनि सेयर बजारमा गिरावट आएको छ। आइतबार ३८ अंकले घटेको नेप्से सूचक आज ३.२१ अंकले घटेर दुई हजार ४८.२८ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.४० प्रतिशत, फ्लोट इन्डेक्स ०.२१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३७ प्रतिशतले घटेको छ।

यस दिन दुई सय ६७ कम्पनीका ६६ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३३ करोड ३५ लाखबराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकममा सामान्य गिरावट आएको छ। आइतबार दुई अर्ब ६८ करोड ७१ लाखबराबरको कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये चारवटाको सेयर मूल्य घटेको छ भने बाँकी उपसमूह बढेका छन्। सबैभन्दा धेरै बैंकिङ उपसमूह ०.९४ प्रतिशतले घट्दा वित्त सबैभन्दा धेरै १.६५ प्रतिशतले बढेको छ। त्यसैगरी, विकास बैंक र होटेल तथा पर्यटन उपसमूह दुवै १.४१ प्रतिशतले बढेका छन्।

यस दिन नेपाल रिपब्लिक मिडिया र गोर्खा फाइनान्सको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, स्वाभिमान लघुवित्तको सेयर मूल्य ८.१६ प्रतिशतले बढेको छ। यता, छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्वाधिक ६.४६ प्रतिशतको गिरावट आएको छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्