कस्ता–कस्ता स्यान्डलः पातले बनेको जुत्ता ११ सय ७५ डलर!

बिहीबार, साउन १८, २०८०

काठमाडौंतपाईले आफ्नो कपडामा प्राय फूल वा पातको बुट्टा देख्नुभएको होला । तर के साँच्चै पातबाट बनेको जुत्ता लगाउनु भएको छ ?

अन्तर्राष्ट्रिय जगत्मा भने यी जुत्ताबारे निकै चर्चा भइरहेको छ । विश्वचर्चित विलासी जुत्ताको ब्रान्ड मानोलो ब्लानिकले भर्खरै मात्रै पातबाट बनेको स्यान्डललाई रिब्रान्डिङ गर्ने काम थालेको छ । यस्ता डिजाईनका स्यान्डल १९७१ मा बजारमा ल्याइएको थियो । ओसी नाम दिइएको यस स्यान्डलको मूल्य १ हजार १ सय ७५ डलर राखिएको छ ।

यस स्यान्डलको डिजाइनमा रातो कलरको चेरी पनि बनाइएको छ ।

तेज पत्ताको प्रयोग

स्पेनको ला पाम्लामा १९४२ मा जन्मिएका फेशन डिजाइनर म्यानुअल ब्लानिक रोड्रिग्वेज बाल्यकालमा केराको पातबाट विभिन्न सामाग्री बनाउँथे । ब्लानिकलाई उनकी आमाले जुत्ता बनाउने कला सिक्नका लागि एक सुचिकार कहाँ पठाइन् । ब्लानिकले घण्टौंसम्म ती सुचिकारले गरेको काम नियाल्थे ।

केही समयपछि ब्लानिक जेनेभा विश्वविद्यालयमा कानुन पढ्न भर्ना भए । अध्ययन सकेर १९६९ मा उनी लण्डन बसाईँ सरे । यस उनले एक बुटिकमा सेल्स असिस्टेन्टको काम थाले । त्यही वर्ष उनले फेशन डिजााइनर ओसी क्लार्कसँग मिलेर एउटा कम्पनी खोले ।

मनोलो ब्लानिक नामक यस कम्पनीले १९७२ मा पातको स्यान्डल बजारमा ल्यायो । उनले यस स्यान्डललाई पहिलोपल्ट रोयल कोर्ट थियटरमा प्रदर्शनीमा राखे । यस स्यान्डलको डिजाइन अलेक्¥यान्द्ररको टाउकोमा रहेको तेज पत्ताबाट प्रेरित थियो । प्राचिन युनानमा तेज पत्तालाई जितको प्रतिक मानिन्थ्यों ।

८० वर्षका मनोलो ब्लानिक भन्छन्, ‘मलाई पात  र बेरीहरु सधैं मनपर्छ । यसले मलाई बाल्यकालको याद दिलाउँछ । म बच्चामा हजुरआमासँग बगैंचामा खेल्थें ।

sandle11691054788.jpg

अहिले विश्वका धेरै ठूला ब्रान्डहरुले पातको स्यान्डललाई बजारीकरण गरिरहेका छन् । इटलियन लक्जरी ब्रान्ड गियानभितो रोस्सीले पनि आफ्नो समर कलेक्सनमा यस्तो स्यान्डल डिस्प्लेमा राखेको थियो । यसको मुल्य १५९५ डलर राखिएको थियो ।

पातबाट बनेका स्यान्डल स्टाइलिस देखिने भएकाले पनि धेरैको रोजाईमा पर्छन् । पार्टीदेखि डेटिङसम्म यसको प्रयोग हुन्छ । गाउन, वान पिस, जम्प सुट र जिन्समा पनि यसलाई क्यारी गर्न सकिन्छ । पृथक डिजाइन भएकाले पनि महिलाहरुमा यसप्रतिको आकर्षण बढ्दो छ । 

भेगनको रोजाईमा

तपाईहरुले जीवनमा भेगन डाइटबारे सुन्नु भएको होला । भेगनहरु जनावरलाई माया गर्छन् । उनीहरुको अधिकार संरक्षण हुनुपर्ने मान्यता बोकेर जनावरको मासु, शरीरका अंगबाट बनेका सामाग्री र दूधजन्य पदार्थ बहिष्कार गर्छन् ।

तर यो भेगन जुत्ता भयो । डिजाइनर म्याट्स रोमबाउट भेगन फुटवेयर डिजाईन गर्छन्, अमेरिकी मोडल बेला हदिदलाई यस्ता डिजाइन निकै मनपर्छ । म्याट्स आफैं भेगन हुन् । त्यसैले छाला प्रयोग नभएका जुत्ताबनाउन पाउँदा उनलाई बेग्लै आनन्द आउँछ । अहिले धेरै ठूला कम्पनीहरुले भेगन जुत्ता बनाउनमा रुची देखाएका छन् । सिनेल, म्यांगो, एच एन्ड एमलगायत प्रसिद्ध ब्रान्डहरुले अहिले भेगन सुज बेचिरहेका छन् । यस्ता कतिपय जुत्ताहरु भुँइकटहरको पातबाट बनाइन्छ । फेशन डिजाइनर कार्मेनले ३ हजारभन्दा धेरै ब्रान्डका लागि काम गरिसकेकी छिन् । १९९३ मा फिलिपिन्स घुमेर फर्किएपछि उनी प्रकृतिसँग नजिक भइन् । त्यहाँ हुँदा उनले किसानसँगै खेती गरेकी थिइन् । भुइँकटहर देखेपछि छालाको विकल्पका रुपमा यसको प्रयोग गर्न सकिन्छ भन्ने उनलाई लागेको थियो ।

पातहरु तथा रुखबिरुवाबाट बनेका यस्ता जुत्तालाई अहिले धेरैले मन पराउन थालेका छन् । त्यसैले अहिले ठूला कम्पनीमात्रै नभएर घरेलु कम्पनीहरुले पनि यस्ता जुत्ता निर्माण गर्न थालिसकेका छन् । केरा, पाम, लिली, मान्स्टेराको रुख, भुँइकटहर (स्पेनमा पाइने) लगायतको प्रयोगबाट यस्ता जुत्ताहरु बन्छन् ।

युवापुस्तामामाझ यी जुत्ता निकै चर्चित छन् । सामाजिक सञ्जालमा यस्ता जुत्ताका डिजाइन ट्रेन्डिङमा छन् ।

म्याच यसरी गर्नुस्

हरियो रंग निकै ताजा रंग हो । यो चम्किलो पनि हुन्छ र यसले मानिसको व्यक्तित्वलाई भर्सटाइल बनाइदिन्छ । त्यसैले क्याजुअलदेखि फर्मल (हरेक प्रकारका ड्रेसमा) हरियो रंगका पत्ता भएका जुत्ता सुहाउँछ । यस फुटवेयर लगाउँदा तपाई पर्यावरणमैत्री पनि देखिनुहुन्छ ।

२०२३ मा हरियोलाई ट्रेन्ड कलरका रुपमा लिइएको छ । नियोन ग्रिन, ब्राइट एप्पल ग्रिन, डार्क फरेस्ट ग्रिन र पी ग्रिन कलर यतिबेला चलेका छन् । क्याजुअल डेनिम र एल्लो टिसर्ट वा ग्रिन तथा ह्वाइट सर्टसँग मिक्स गरेर यी जुत्ताहरु लगाउन सकिन्छ । अफिसमा कालो वा नेभी ब्लु ब्लेजरसँग पनि म्याच गरेर लगाउन सकिन्छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्