पुल निर्माणका क्रममा ‘क्रेन’ खस्दा १६ मजदुरको मृत्यु

मंगलबार, साउन १६, २०८०

मुम्बई - भारतको महाराष्ट्रस्थित ठाणे जिल्लाकाे शाहपुरमा  पुल बनाउने क्रममा ‘गर्डर मेसिन’ (क्रेन) खस्दा १६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मंगलबार बिहान शाहपुर नजिकै एउटा गर्डर मेसिन (पुल निर्माण गर्दा ठूला सामान लोड गर्न प्रयोग गरिने यन्त्र) खसेर १६ मजदुरकाे मृत्यु भएकाे हाे ।

घाइतेहरुलाई अस्पताल पुर्याएको प्रहरीले जनाएको छ। साथै मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।

निर्माणाधीन ७ सय १  किलोमिटर लामो समृद्धि महामार्गलाई मुम्बई-नागपुर एक्सप्रेसवे पनि भनिन्छ । याे  मुम्बई-नागपुर शहरलाई जोड्ने प्रमुख राजमार्ग हो।

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्