ललिता निवास जग्गा प्रकरणको डरलाग्दो पाटोः नेपाली व्यापारीलाई जेल, दर्जनौ माडवारीलाई ‘रेल’

शुक्रबार, साउन १२, २०८०

काठमाडौंबालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा खरिद गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाली मुलका व्यापारी मिनबहादुर गुरुङ अहिले हिरासतमा छन्। यस प्रकरणका ठूला राजनीतिक व्यक्तित्वको पनि संलग्नताका चर्चा चलिरहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले यस प्रकरणको मिहिन अनुसन्धान गरिरहेको अवस्थामा नेपाली मुलका व्यावसायीसहितलाई मुद्दा चलाउँदा भारतीय मुलका मारवाडी व्यापारी भने एक जना पनि अनुसन्धानको दायरामा आएका खबर सार्वजनिक भएका छैनन्।

नेपालको औद्योगिक र बैंकिङ क्षेत्रमा एकछत्र संलग्न रहेका मारवाडीहरू विवादीत विषयमा जहाँ पनि संलग्न भएका खबर सार्वजनिक हुन्छन्। तर, अनुसन्धान किन हुँदैन? भन्ने प्रश्न खडा भएको छ।

यहि शिलशिलामा ललिता निवास प्रकरणमा नाम जोडिएका मारवाडीले देशै छाडेको विवरण सतहमा आएका छन्। 

एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा र न्यायाधीश कुमार रेग्मीले जग्गा फिर्ता गरेर उन्मुक्ति पाएकै शैलीमा फुत्किने प्रयास असफल भएपछि मारवाडी देश छाडेर भाग्ने तरखरमा रहेका समाचार बाहिरिएको हो।

ललिता निवास प्रकरणमा विदेशी मदिराका व्यापारी सन्दीप सारडा, श्रीराम दूधका मालिक तथा सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, हेभी इक्विपमेन्ट इम्पोर्टर श्रवण गोयलले देश छाडेको विवरण सतहमा आएको हो।

गोयल सनराइज बैंकको प्रमोटर पनि हुन्। उता अनेक विवादमा तानिने गरेका गोविन्द सांघाई, कैलाश गोयल संगीता बोथराले पनि देश छाडेको चर्चा छ। प्रहरीले उनीहरूका विषयमा अनुसन्धान गर्दा तीन जना संयुक्त राज्य इमिरेट्स (युएई)को दुबई पुगेको चर्चा छ भने अन्य भारतको नयाँ दिल्लीमा रहेको बुझिन्छ।

नेपाली मूलका व्यापारी अगाडि बढेपछि खरिद गरेका आधारमा नै पक्राउ गरी थुनियो तर भारतीय मूलका व्यापारीलाई किन छुट दिईयो?, उद्योग वाणिज्य संघका एक जना केन्द्रीय सदस्य सोध्छन्,‘औद्योगिकदेखि व्यापारीक क्षेत्रमा हुने बेथितिमा पनि उनीहरुको संलग्नता रहँदै आएको छ।

चाहे कोभिड काल होस् वा नाकाबन्दीको समय भारतीय मुलका व्यापारीले मौकाको फाइदा उठाएको विवरण नआउने गरेका होइनन्। यहाँसम्मकी केडिया समूहले त बीरगञ्जको एउटा सरकारी जग्गा कौडीको भाउमा नै लिनका लागि अदालतसम्म सेटिङ गरेको खुलेको थियो।

बैंक र बित्तिय संस्थामा पहुँच बनाएर नेपाली जनताको पैसाले लगानी गर्ने अनि विवादीत काममा पनि हात हालेर राजनीतिक दलका नेता र पहुँचका अधिकारी रिझाउनेहरू अहिले बाहिर छन्, प्रहरीका एक जना पूर्वएआईजी भन्छन्,‘यसमा मात्र होइन, नेपालमा हुने सुनको तस्करीदेखिका अवैध काममा उनीहरु कहिँ न कहिँ संलग्न हुने गरेको तथ्य र जानकारी प्रहरीसँग पनि होला। अहिले ललिता निवास प्रकरणमा देखिएको यो स्थितिले नेपाली व्यापारीलाई जेल र मारवाडीलाई रेल भएको पुष्टि हुने देखिन्छ।  

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्