मौद्रिक नीति

अब विदेश भ्रमण जाँदा २५ सय डलर सटही सुविधा पाइने

आइतबार, साउन ७, २०८०

काठमाडौँ - अब विदेश भ्रमणमा जाने नेपालीले २ हजार ५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् ।

राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १ हजार ५०० सम्म सटही सुविधा उपलब्ध हुने व्यवस्था थियो । 

उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्‍याइएको हो । विदेशी मुद्रा सञ्चितिमा सुधार आएसँगै राष्ट्र बैंकले विदेश भ्रमणमा जानेलाई सटही सुविधाको सीमा बढाइदिएको हो ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्