Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रियसभाको बैठक

दुबै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

बिहीबार, असार २८, २०८०

काठमाडौँ– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकले सांसद अनिता देवकोटाले पेस गरेको नियम निलम्बनसम्बन्धी प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

सांसद देवकोटाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ को उपनियम (१) बमोजिम विधेयकमा सुझाव पेस गर्ने प्रावधान हाल विशेष परिस्थितिवश आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने, २०८० को हकमा लागू गर्न नसकिने भएकाले नियमावलीको १३२ को उपनियम ९४० बमोजिम २४ घण्टाको अवधिलाई छोट्याई आज अपराह्न ५ः०० बजेदेखि भोलि बिहान १०ः३० बजेसम्म कायम रहने गरी निलम्बन गरियोस् भनी प्रस्ताव गरेकी थिइन् ।

सांसदहरू गोपीबहादुर अछामी, मदनकुमारी शाह ९गरिमा०ले उक्त प्रस्तावको समर्थन गरेका थिए ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि सुझाव पेस गर्न चाहने सदस्यले भोलि बिहान १०ः३० भित्र सुझाव पेस गर्न सकिने जानकारी गराए ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्