कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ निष्काशन मंगलबारदेखि खुला

सोमबार, असार २५, २०८०

काठमाडौँ– सर्वसाधारणका लागि कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १५१ कित्ता शेयर निष्काशन गर्न लागेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । 

सर्वसाधारणले (भोलि) असार २६ गते मंगलबारदेखि २९ गते शुक्रबारसम्म मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १० हजार १ सय १४ जनाले १०–१० कित्ता र १ जनाले ११ कित्ता पाउने छन् ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्