सांसद यादवको प्रश्न– बैंकले व्याजमाथि व्याज लिन पाउँछ ? 

आइतबार, असार १७, २०८०

काठमाडौँ– सांसद प्रदीप यादवले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट व्याजको पनि व्याज लिने गरेपनि कानुनी कारबाही नहुने गरेको बताएका छन् ।

आज (आइतबार) प्रतिनिधि सभामा बोल्दै सांसद यादवले बैंकहरुले व्याजमाथि व्याज लिने गरेको आरोप लगाए । यसो गरे पनि बैंकमाथि कारबाही नहुने उनको भनाइ छ ।

‘हामी मिटरव्याजीको कुरा गर्छाैं, मिटरव्याजीलाई कारवाही गर्ने कुरा ठिक छ । तर, बैंकहरुले व्याजमाथि व्याज लिने गरेका छन् । सहकारी संस्थाहरु मिटरव्याजीभन्दा पनि ठुला मिटरव्याजी भएका छन्, त्यसमा पनि ध्यान दिइयोस,’ सांसद यादवले भने ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्