भेरी पुल नजिकै फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

बिहीबार, असार १४, २०८०

कर्णाली– कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको छ।

रत्न राजमार्गको सुब्बाकुना–छिन्चु खण्डको भेरी पुल नजिकै भे १ ख ३७५० नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते छन् । 

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारी रहेका छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्य घाइतेको माया नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। 

फोर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्