सबै सरकारी वेवसाइट डाउन, अध्यागमनको सिस्टम नचल्दा हवाई उडान प्रभावित

मंगलबार, असार ५, २०८०

काठमाडौँ– नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । 

सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् । गृहमन्त्रालयका अनुसार सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन सकेको छैन् । 

गृहमन्त्रालयका एक अधिकारीले भने, ‘सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक कारण भएको हो । त्यसबारे अझै अध्ययन भइरहेको छ ।’

केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टमसमेत प्रभावित भएका छन् । हवाई उडानलगायत अति आवश्यक काम कारबाहीसमेत प्रभावित भएको विमानस्थलले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्