हुन्डाईका विद्युतीय गाडी किन्न अब ९.९९ प्रतिशत ब्याजदर, कति छ मूल्य ?

सोमबार, असार ४, २०८०

काठमाडौँ– नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय सवारीसाधन कोना र आइओएनआइक्यू ५ को खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतामा हुण्डाईले प्रभु बैंक लिमिटेडसँग साझेदारी गरि एस्तो योजना ल्याएको जनाएको छ ।

यस योजनाअन्तर्गत इच्छुक खरिद कर्ताहरूले ९.९९ प्रतिशत ब्याजदरमा (पहिलो वर्षका लागि) हुन्डाइ कोना र आइओएनआइक्यू ५ खरिद गर्न सक्ने हुन्डाईले जनाएको छ । बैंकको ३०१ वटै शाखाबाट छिटो छरितो र सहज ढंगबाट खरिदकर्तालाई यो सेवा उपलब्ध हुने जनाइएको छ ।

हुन्डाई कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी हुन् र यी दुबै इभीले ग्राहकको मन जित्न सफल भएका छन् ।

आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंस र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । कोना ३ वटा भेरियन्टमा उपलप्ध छ ।

कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जिएल ६१ लाख ९६,००० र जिएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । साथै, आइओएनआईक्यू ५ जिएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजारको मूल्यमा उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १७ शोरुम तथा १९ सर्भिस सेन्टरहरूमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै इभी चार्जिङ गर्नका लागि ४० भन्दा बदी स्थानहरूमा चार्जिङ पोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्