बैंकर डा. बुद्धि मल्लको ‘सफलता सम्भव छ’ बिमोचन

आइतबार, असार ३, २०८०

काठमाडौँ– बैंकर डा. बुद्धि मल्लको पुस्तक ‘सफलता सम्भव छ’ को बिमोचन भएको छ । शिखा बुक्सले प्रकाशन गरेको उक्त पुस्तक नेपाल ब्यवस्थापन संघका अध्यक्ष उपेन्द्र पौड्याल र नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले गरेका हुन् । 

यस्तै, पुस्तकको समीक्षा नेपालका प्रख्यात पर्फमेन्स म्यानेजमेन्ट कोच तथा लेखक डा. मदन बिष्ट र पत्रकार तथा लेखक रोहित भण्डारीले पुस्तकमाथि समीक्षा गरेका थिए ।

लेखकले पाठकहरुलाई सहज हिसाबले बुझ्ने गरि बिभिन्न उदाहरणका साथ जिन्दगी सुन्दर छ भन्ने सकरात्मक बिषयको साथै स्मार्टवर्क, जोखिम, टिमवर्क, संघर्ष, नैतिकता, आलोचना, इष्र्या, धर्य, ब्यवहार, एसम्यानलगायत विभिन्न बिषयमा ४१ वटा लेखहरु समावेश गरिएका छन् ।

पुस्तकमा उंटले आफ्नो जिवनको निरन्तरताको लागि घांटी लामो बनाउन प्रयत्न गरेकोदेखि संसारका सफल ब्यक्तिहरु बिल गेट्स, दि रक, पृथ्वीनारायण शाह, एड्मण्ड हिलारी, मिल्खा सिंह, जिम केरी, झमक कुमारी, हेनरी फोर्ड, दशरथ माझी, ज्याक मां, भगवान बुद्ध, सचिन तन्दुल्कार, सनाथ जयासूर्या, शेन वार्न, नवोजोद सिद्धु, अमिताभ बच्चन जस्ता हस्तिका जिवनमा घटेका केही प्रेरक प्रसंगहरु उल्लेख गरेर सफलता सम्भव छ भनेर उदाहरण दिने प्रयास गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्