एकल महिलाका सन्तानले नागरिकता पाउने प्रक्रिया गलत छ : रवि लामिछाने

बिहीबार, जेठ २५, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रवि लामिछानेले एकल महिलाका सन्तानले नागरिकता पाउने प्रक्रिया गलत भएको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा बजेटामाथिको छलफल कार्यक्रममा बोल्दै उनले नागरिकता विधेयकमा जन्मसिद्ध नेपाली नागरिकका सन्तान र एकल आमाका सन्तानले नागरिकता पाउने प्रक्रियामा विभेद गरिएको जिकिर गरे ।

रास्वपाका सभापतिसमेत रहेका लामिछानेले समग्र नागरिकता विधेयकका बारेमा नभइ वैवाहिक अंगिकृतका बारेमा मात्रै पार्टीले छलफल गर्न खोजेको बताए ।  एकल आमाहरुका सन्तानले नागरिकता लिँदा आमाले बाबुको पहिचान नै नखुलेको स्वघोषणा गर्नुपर्ने प्रावधान गलत भएको उनको भनाइ छ ।

लामिछानेको पार्टी रास्वपा नागरिकता विधेयकविरुद्ध लागेको भन्दै मधेसका केही जिल्ला लामिछानेविरुद्ध प्रदर्शनसमेत भए ।

लामिछानेले भने नागरिकता विधेयकका सम्बन्धमा आफ्नो पार्टी कुनै समुदायको विरुद्धमा नलागेको स्पष्ट पारेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १३:४२
प्रतिक्रिया दिनुहोस्