सफा हिमाल अभियान

सफा हिमाल अभियान : सेनाद्वारा ३५ हजार ७ सय किलो फोहर संकलन 

सोमबार, जेठ २२, २०८०

काठमाडौँ– नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत यस बर्ष ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको छ । 

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा सेनाले ५५ दिनसम्म चलेको सफा हिमाल अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट ३५ हजार सात सय किलो फोहर संकलन भएको जनाएको हो ।

सन् २०१९ बाट सुरु गरेको सफा हिमाल अभियानका क्रममा हालसम्म एक सय नौ टन फोहर संकलन भइसकेको समेत सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले प्रकृति र पर्यावरण जोगाउने कार्यलाई बढावा दिनका लागि सफा हिमाल अभियानलाई निरन्तरता दिइएको बताए । उनले विकट र प्रतिकूल अवस्थामा पनि फोहर संकलन र आरोहणको साहसिक कार्य पूरा गरेको उल्लेख गरे ।

कार्यक्रममा हिमाल सफाइ अभियानका टोली प्रमुख र सहयोगी शेर्पालाई कदरपत्र प्रदान गरिएको थियो । यस बर्षको सफाइ अभियानका क्रममा पूmर्वा शेर्पा र आङ्कामी शेर्पाको हिमाल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो । अभियानबाट जैविक विविधता र पर्यावरण संरक्षणमा ठूलो योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्