गोकुल बाँस्कोटाको व्यङ्ग्य– प्रचण्डले देशहितमा गर्न बाँकी काम चुच्चे नक्सा फिर्ता हो

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा नेपालको पक्षमा काम नगर्ने आशय व्यक्त गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालको पक्षमा काम नगर्ने उनको टिप्पणी छ । तर, पूर्वमन्त्री बास्कोटाले यो विषयलाई व्याङ्ग्यात्मक शैलीमा व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा  आफ्नो विचार व्यक्त गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘प्रचण्डले देश हितमा गर्न बांकी काम अब चुच्चे नक्शा फिर्ता,शुपर्दगी सन्धी र एकपक्षीय उर्जा र नदी दिने कुरा हो। जावो कानुन मिचेकोमा मान्छेहरुले श्री छ नभनेकै राम्रो। प्रमाणीकरण नगरेको कुरामा लालमोहर न लगाईदेको हो,’ प्रतिनिधिसभाका सदस्यसमेत गरेका एमाले नेता बास्कोटाले ट्विटरमा लेखेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्