नेपाल–भारत

‘अखण्ड भारत’को नक्साबारे भारतीय पक्षको दाबी के छ ?

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– नेपालको छिमेकी मुलुक भारतले ‘अखण्ड भारत’ नक्सा भन्दै नयाँ नक्सा जारी गरेको छ ।

गत आइतबार नयाँ संसद् भवनको उद्घाटनपछि त्यहाँ ’अखण्ड भारत’को भित्तेचित्रमा नेपालको लुम्बिनी र कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्र समेटिएको छ ।

नक्सामा नेपालसँगै पाकिस्तान अफगानिस्तान, भुटान, म्यानमार, श्रीलंका र भुटानका क्षेत्रलाई समेत अखण्ड भारतको संज्ञा दिइएको छ । 

विगतमा महत्वपूर्ण सहर तथा अधिराज्यहरूलाई समेटेर नक्सा छापिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतबारे विगतमा गलत अध्ययन हुने गरेको र सही अध्ययनका लागि पौराणिक नक्सा छापिएको त्यहाँका नेताहरूले बताउने गरेका छन् । यस मामिलामा सत्ताको नेत्तृत्व गरिहेको भारतीय जनता पार्टी विजेपी) अगाडि छ । 

भाजपा नेता मनोज कोटाकले सामाजिक सञ्जालमा दाबी गर्दै भनेका छन्, ‘अखण्ड भारतको नयाँ नक्साले हाम्रो शक्तिशाली र स्वनिर्भर भारतको प्रकटीकरण गर्छ ।’

पाकिस्तान र बंगलादेश सन् १९४७ सम्म पनि भारतकै हिस्सा थिए । महाभारत काल हेर्दा अफगानिस्तान पनि भारतकै हिस्सा भएको व्याख्या पाइन्छ ।

तर, नेपाललगायतका केही दक्षिण एसियाका देश कहिल्यै पनि भारतका हिस्सा थिएनन् । यद्यपि, यसलाई लिएर नेपालमा भारतको आलोजना भइरहेको छ । 

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ‘अखण्ड भारत’को नक्सामा नेपालका लुम्बिनी र कपिलवस्तुलाई पनि राखेकोमा आपत्ति जनाएका छन् । 

तर, यसबारे सरकारको आधिकारिक धारणा आएको छैन । यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै भारतको चार दिने भ्रमणका लागि जाँदैछन् । प्रधानमन्त्रीकै भ्रमणको मुखैमा भारतले नेपालका भू–भागसमेत समेटेर नक्सा छाप्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्