भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्रीले भेटे चिनियाँ उच्च अधिकारी

बुधबार, जेठ १७, २०८०

काठमाडौं - भारत भ्रमणमा निस्कनु केही घण्टा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारी र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ स्यावहोइको नेतृत्वमा आएको १४ जनाको टोलीले बुधवार बिहानै बालुवाटार पुगेका हुन् । उनीहरू हिजो राती मात्रै सिंगापुर एयरलाइन्सबाट काठमाडौँ आइपुगेका हुन्।

भारत भ्रमणमा निस्कनु केही घण्टा अघि चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँगको छलफललाई अर्थपूर्ण रूपमा लिइएको छ ।

गत चैत १४–१७ सम्म चीनको राजधानी बेइजिङमा भएको ‘बोआओ फोरम फर एसिया’को निम्तो अस्वीकार गर्दै अनुपस्थित भएका प्रधानमन्त्री प्रचण्ड आज दिउँसो १ बजे भारत जाँदै छन्  ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ०९:५६
प्रतिक्रिया दिनुहोस्