नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनाको बयान आजबाट 

शुक्रबार, जेठ १२, २०८०

काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ ।

पक्राउ परेका अभियुक्तको बयान काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुन लागेको हो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर करोडौंको ठगी गरेको आरोपमा पूर्वउपप्रधान टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वसांसद आङटावा शेर्पा तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध सरकारी वकिलको कार्यालयले विभिन्न अभियोगमा ५ मुद्दा दायर भएको छ ।

पक्राउ परेका १६ अभियुक्तले आजदेखि अदालतमा बयान दिन सुरु गर्नेछन् । बयान सकिएपछि उनीहरूलाई धरौटीमा छाड्ने कि पुर्पक्षका लागि थुनामै राख्ने भन्ने निर्णय गर्न थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्