अफगानिस्तानमा हेलिकप्टर दुर्घटना

सोमबार, जेठ ८, २०८०

काबुल– अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलो न्युजले जनाएको छ ।

महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा भएको जानकारी दिएको छ । 

उक्त निजी सञ्चारमाध्यमका अनुसार महाजिरले दुर्घटनामा कोही हताहत भएको वा नभएको बताएका छैनन् ।

यद्यपि टोलो न्युजले अज्ञात स्रोतलाई उद्धृत गर्दै हेलिकप्टरका दुईजना पाइलटको मृत्यु भएको जनाएको छ । रक्षा मन्त्रालयले भने अहिलेसम्म यससम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।
 

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार