राष्ट्रसङ्घको निष्कर्ष– म्यान्मारका ८ लाख आँधीपीडितलाई आपत्कालीन सहयोग आवश्यक

शनिबार, जेठ ६, २०८०

जेनेभा– द्वन्द्वग्रस्त म्यान्मारमा यो साताको प्रारम्भमा आएको मोचा आँधीबाट ठूलो जनसङ्ख्या प्रभावित भएको छ ।

म्यान्मारका आठ लाखभन्दा बढी नागरिकलाई आपत्कालीन खाद्यान्नका साथै अन्य मानवीय सहायता आवश्यकता परेको संयुक्त राष्ट्रसङ्घले बताएको छ । 

एसिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)का उपक्षेत्रीय निर्देशक एन्थिया वेबले आज पत्रकारहरूसँगको कुराकानीमा म्यान्मारको रखाइन राज्य आँधीबाट तहसनहस भएको, अधिकांश घरका छाना उडेका, रुखविरुवा जरैसँग उखेलिएका, सडक, विद्यालय, अस्पताल, दूरसञ्चाल तथा बिजुलीका लाइन ध्वस्त भएका बताइन् ।

उनले तत्काल आठ लाख म्यान्माका जनतालाई मानवीय सहायता आवश्यक परेको भन्दै सहायताका निम्ति अन्तरराष्ट्रिय समुदायसमक्ष अपिल गरेकी छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार