मन्त्रिपरिषद्को बैठक जारी

शुक्रबार, जेठ ५, २०८०

काठमाडौँ– मन्त्रिपरिषद्को बैठक अहिले सिंहदरबारमा जारी छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न बैठक बसिरहेको हो ।

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदैछ । आज बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो ।

दिउँसो ४ बजे बोलाइएको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् । त्यसमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । 

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने  संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत् नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्