आजको तस्बिर

रेडपाण्डा अर्थात हाब्रे

बुधबार, जेठ ३, २०८०
आजको तस्बिर–  समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ फावाखोलाको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा (हाब्रे) । रातो पाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिकरूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ । तस्बिर : दिलकुमार लिम्बू /रासस

Red_panda_nepal11684332506.JPG 

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्