अफगानिस्तानको पूर्वी प्रान्तबाट ७७ पेस्तोल बरामद

सोमबार, जेठ १, २०८०

गार्देज– अफगानिस्तानको पूर्वी पक्तिया प्रान्तमा अफगान सुरक्षा बलले ७७ थान पेस्तोल बरामद गरेको छ । 

हातहतियार तस्करी नियन्त्रणका लागि चलाईएको अभियानमा ठूलो मात्रामा हतियार बनाउने सामानसहित अवैध ७७ थान पेस्तोल बरामद गरिएको प्रान्तीय प्रहरी कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कथित तस्करहरूले अवैध रूपमा हतियारहरू प्रदेशबाहिर सार्ने प्रयास गरिरहेका थिए, तर शनिबार राति डान्ड–ए–पाटन जिल्लामा नियमित जाँचको क्रममा प्रहरीले उनीहरूलाई रोकेको थियो ।

तस्करहरू भाग्न सफल भएको स्वीकार गर्दै विज्ञप्तिमा दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउने प्रयास भइरहेको उल्लेख गरिएको छ ।   सुरक्षा फौजले छिमेकी खोस्त प्रान्तमा विगत केही दिनयता पाँच थान एके–४७ र पाँच थान पेस्तोलसहित एक दर्जनभन्दा बढी हतियार बरामद गरेको छ ।

अफगानिस्तानको कामचलाउ सरकारले सुरक्षा निकायभन्दा बाहिर बस्ने जोकोहीसँग पनि हातहतियार र गोलाबारुद संकलन गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रतिष्ठानले विगत १८ महिनामा ट्यांक र बख्तरबन्द सवारी साधनलगायत हलुका र भारी हतियारका हजारौं थान सङ्कलन गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार