सामान्य अंकले घट्यो नेप्से परिसूचक

बिहीबार, वैशाख २८, २०८०

काठमाडौं–नेप्से परिसूचक सामान्य अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ ।

सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा अडिएको छ । यसदिन २५९ कम्पनीको २१ लाख ५ हजार५ हजार ६५७ कित्ता सेयर ५७ हजार ८८ लाख  ४१ हजार ५९३ रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबार रकम बुधबारको तुलनामा कम हो । बुधबार ५८ करोड ९१ लाख ७७ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।

आत्मनिर्भर लघुवित्त वित्तीयको सेयर मूल्य सर्वाधिक ६.१० प्रतिशतले बढ्यो । यस्तै, सिटीजन म्युचुअल फन्ड १ को सेयर मू्ल्य ५.८९ प्रतिशतले बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल दूरसंचार कम्पनी शीर्षस्थानमा रह्यो । सो कम्पनीको ३ करोड १५ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो ।

ग्लोबल आईएमई बैंकको प्रोमोटर सेयर २ करोड शिवम् सिमेन्टको १ करोड बढिमा खरिदबिक्री भयो । कारोबारमा आएका १३ उपसमूहमध्ये १० को मूल्य घट्दा ३ को मात्रै बढ्यो ।

बैंकिङ, लाइफ इन्स्योरेन्स र म्युचुअल फण्डको सूचकबाकेक बाँकीको मूल्य ओरालो लागेको हो ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८०  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सेयर बजारमा २८ अंककाे गिरावट
बिहीबार, वैशाख २८, २०८०

दोहोरो अंकले घट्यो सेयर बजार
बिहीबार, वैशाख २८, २०८०