टरिगाउँ एयरपोर्ट प्रदेश र स्थानीय सरकार मिलेर बनाउछौं : मुख्यमन्त्री चौधरी

सोमबार, वैशाख २५, २०८०

तुलसीपुर– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुर १२ स्थित टरिगाउँ विमानस्थललाई स्थानीय र प्रदेश सरकारले बनाउने बताएका छन् ।

सोमबार विमानस्थल विस्तारकालागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजैदेखि काम अघि बढेको समेत बताए । 

यस अघि एयरपोर्ट निर्माण गर्ने ठेकेदारसंग पुनः कुराकानी भएको भन्दै ७० करोड रुपैयाँमै १६ सय मिटर लम्बाई हवाई मार्ग विस्तार गर्न सकिने मुख्यमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्