दिनेश थकाली कामना सेवा विकास बैंकको सीईओमा नियुक्त

बिहीबार, वैशाख १४, २०८०

काठमाडौँ– कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश थकाली नियुक्त भएका छन् । 

बैंकको सञ्चालक समितिको बैठकले थकालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

यसअघि प्रभु बैंकको नायव महाप्रबन्धक रहेर काम गरेका थकालीसँग प्रभु क्यापिटलमा प्रबन्ध निर्देशक भएर २ वर्ष काम गरेको अनुभव छ 

 । त्यसअघि यनले सांग्रिला डेभलपमेन्ट बैंकमा कामु सीईओ भएर काम गरिसकेका थिए । उनी नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत हुन् । 

लण्डन स्कूल अफ इकोनोमिक्स, विश्व बैंक, एआईटी थाइल्याण्डलगायतका संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धि ज्ञान हासिल गरेका थकाली त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । साथै, उनले कानूनमा स्नातक समेत गरेका गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्