नेभिगेशन
समाचार

तनहुँ १ मा वाग्लेले कटाए १५ हजार मत

काठमाडौँ– तनहुँ १ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्ले १५ हजार मत कटाएका छन् ।

२९ हजार ८०२ मत गन्दा वाग्लेले झण्डै ६ हजारभन्दा बढी मतको अग्रता लिएका हुन् ।

वाग्लेले दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईमाथि ६ हजार ४०४ मतको अग्रता लिएका हुन् ।

वाग्लेले १५ हजार १३५ तथा भट्टराईले ८ हजार ७३१ मत ल्याएका छन् । 

नेकपा (एमाले)का सर्वेन्द्र खनालले ४ हजार ९९९ मत पाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार