नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ : अध्यक्ष नेपाल

शनिबार, वैशाख ९, २०८०

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा विकृतिको भारी रहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि विकृतिको चाङ रहेको टिप्पणी गरे ।

‘अहिले नेपालको राजनीतिमा वा कम्युनिष्ट आन्दोलनमा भन्ने हो भने एकभारी विकृतिहरु विद्यमान छन् । व्यक्तिवादको रोग लागेको छ । भ्रष्टीकरणको प्रवृत्ति व्याप्त रहेको छ । सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त छ’, उनले भने । 

उनले सत्ता हातमा पुगिसकेपछि आफूलाई सर्वशक्तिशाली ठान्ने प्रवृत्ति व्याप्त रहेको पनि बताए । उनले अरुलाई मान, सम्मान, मर्यादा गर्ने नभइ सबैलाई अपमानपूर्ण ढंगले व्यवहार गर्ने प्रवृत्ति व्याप्त रहेको दाबी गरे ।

अध्यक्ष नेपालले सच्चा कम्युनिस्टहरू एक ठाउँमा मिल्नुको विकल्प नरहेको जिकिर गरे ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार