'यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट आज

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौं –मिस नेपाल २०८० को ‘यती एअरलाइन्स वुमेन विथ द विङ्स’ ट्यालेन्ट सो राउन्ड आज पोखरामा हुँदैछ ।

कार्यक्रमका लागि २४ जना प्रतिस्पर्धीहरु पोखरा पुगेका छन् । ट्यालेन्ट सोको विजेताले ‘वुमेन विथ द विङ्स’ उपाधि पाउने छिन्, जसलाई यती एअरलाइन्सले प्रायोजन गरेको छ । 

निर्णायक मण्डलमा नेपाल टुरिजम बोर्डका सीईओ धनञ्जय रेग्मी, यती एअरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट, पोखरा जेसिसका अध्यक्ष गणेश गिरी, गायक तथा फेसन डिजाइनर शान्ति श्रीस मगर र स्किन आर्टका एमडी स्वप्नील खनाल रहेको आयोजक संस्था हिडन टेजरले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्