नेपालबाट भारतले दुई हजार मेगावाट विद्युत् खरिद गर्ने

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ- भारतको वेदान्त लिमिटेडले नेपालको दुई हजार मेगावाट विद्युत् किन्ने भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न पावर समिट–२०२३ मा वेदान्तले नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)मार्फत नेपालबाट आगामी ५ वर्षमा सो बराबरको विद्युत् किन्ने आशय पत्र पेश भएका हो ।

हाल भारतमा कोइला तथा डिजेलबाट उत्पादन हुने विद्युत् बढी प्रयोग हुँदै आएको । कोइला तथा डिजेल पावर प्लान्टले वातावरणमा समेत प्रभावित छ ।

सन् २०४५ सम्म विश्वलाई शून्य कार्बनमा पुराउने विश्वव्यापी लक्ष्यलाई सहयोग पुग्ने गरी नेपालबाट क्लिन इनर्जी खरिद गर्ने वेदान्तका प्रमुख कार्यकारी अधिकृत (पावर) विभव अग्रवालले भर्चुअल रूपमा जानकारी दिएका छन् ।

यससँगै पावर समिटले नेपालको २२ सय मेगावाट बिजुली निजी क्षेत्रमार्फत भारतमा बिक्री गर्ने आधार तय गरेको छ ।

मंगलबार समिटको उद्घाटन समारोहमा भारतको मणिकरण पावर कम्पनीसँग नेपालका चुवाखोला, कसुवाखोला लगायतका आयोजनाबाट २०० मेगावाट विद्युत् खरिद बिक्री गर्ने गरी समझदारी भएको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्