आकस्मिक पत्रकार सम्मेलन गरेर यसो भने गभर्नर अधिकारीले

मंगलबार, चैत २८, २०७९

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज अपरान्न आकस्मिक पत्रकार सम्मेलन गरेको छ ।

पत्रकार सम्मेलन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले देशको आर्थिक अवस्था ठिकै रहेको बताए ।

सो पत्रकार सम्मेलनमा आर्थिक अनुसनधान विभागका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले देशको वर्तमान आर्थिक अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत फागुन मसान्तसम्ममा देशको वर्तमान आर्थिक अवस्था र विभिन्न सुचकहरु यस्ता रहेका छन् -

मुद्रास्फीति

मुद्रास्फीति नियन्त्रित र घट्ने दिशामा रहेको छ । २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो । 

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकाङ्क उल्लेख्य रूपमा कम रहेकोले उपभोक्ता मूल्यमा आगामी महिनाहरूमा कम हुने अपेक्षा रहेको छ । २०७९ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.१० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १३.१३ प्रतिशत रहेको थियो ।

बाह्य क्षेत्र वैदेशिक वस्तु तथा सेवा व्यापार

वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको छ । आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा कुल वस्तु निर्यात २९.१० प्रतिशतले कमी आई रु.१०४ अर्ब ८० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८२.९० प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै, कुल वस्तु आयात १९.१० प्रतिशतले कमी आई रु.१०५८ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८.६० प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले कमी आई रु.९५३ अर्ब ५९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३४.५० प्रतिशतले बढेको थियो । 

सेवा व्यापारको घाटामा पनि सुधार भएको छ । समीक्षा अवधिमा खुद सेवा आय रु.४९ अर्ब ८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.६६ अर्ब २५ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई रु.३७ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१८ अर्ब ७० करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७० प्रतिशतले वृद्धि भई रु.७६ अर्ब १२ करोड पुगेको छ ।

विप्रेषण आप्रवाह 

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भई रु.७९४ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह१.३० प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति 

अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको छ । समीक्षा अवधिमा चालु खाता रू.४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू.४६० अर्ब ७२ करोडलेघाटामा रहेको थियो । 

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो । 

कुल विदेशी विनिमय सञ्चिति 

विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको छ । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

मौद्रिक स्थिति मुद्राप्रदाय, निक्षेप र कर्जा 

विस्तृत मुद्राप्रदायको वृद्धिदरमा सुधार भएको छ । आर्थिक वर्ष २०७९÷८० को आठ महिनामा विस्तृत मुद्राप्रदाय ५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.१० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा विस्तृत मुद्राप्रदाय ९.१० प्रतिशतले बढेको छ । 

समीक्षा अवधिमा कर्जाभन्दा निक्षेपको वृद्धिदर बढी रहेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.२८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१९२ अर्ब १२ करोड (४.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १०.५ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बंकै तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.५२२ अर्ब ४९ करोड (१२.८० प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.१० प्रतिशतले बढेको छ ।

तरलता व्यवस्थापन 

बैकिङ्ग प्रणालीमा नियमित तरलता प्रवाह गरिएको छ । समीक्षा अवधिमा यस बैंकबाट रिपोमार्फत रु.३७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत रु.८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत रु.२७२० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधा ५१५ अर्ब ६७ करोड गरी कुल रु.३६९७ अर्ब २८ करोड (कारोबारमा आधारित) तरलता प्रवाह गरिएको छ । 

ब्याजदर 

अल्पकालिन र बैंकका ब्याजदरहरू गत वर्षभन्दा बढे पनि अघिल्लो महिनाको तुलनामा कम हुन थालेका छन् । ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २०७९ फागुनमा ९.३३ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर ७.१८ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूको औसत आधारदर २०७९ फागुनमा १०.६४ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत रहेको छ ।

बैक तथा वित्तीय संस्थाको अवस्था 

बैक तथा वित्तीय संस्थाको पुँजी पर्याप्तता नियामकीय न्यूनतम आवश्यक अनुपातभन्दा बढी रहेको छ । २०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकको पुँजी पर्याप्तता अनुपात १३.०१ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको १२.७१ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको १७.०५ प्रतिशत रही समग्रमा उक्त अनुपात १३.०६ प्रतिशत रहेको छ । 

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा २.६३ प्रतिशत रहेको छ । जसअनुसार “क” वर्गका वाणिज्य बैंकको २.४९ प्रतिशत, “ख” वर्गका विकास बैंकहरूको २.८२ प्रतिशत र “ग” वर्गका फाइनान्स कम्पनीहरूको ७.८२ प्रतिशत रहेको छ । 

२०७९ पुस मसान्तमा “क” वर्गका वाणिज्य बैंकहरूको पूँजीमा प्रतिफल ११.११ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.११ प्रतिशत रहेको छ । त्यस्तै “ख” वर्गका विकास बैंकहरूको उक्त प्रतिफल क्रमशः ८.५४ र ०.७६ प्रतिशत तथा “ग” वर्गका फाइनान्स कम्पनीहरूको उक्त प्रतिफल क्रमशः २.८४ र ०.४० प्रतिशत रहेको छ । 

२०७९ चैत २६ गते “क” वर्गका वाणिज्य बंकै , “ख” वर्गका विकास बैंक तथा “ग” वर्गका वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात क्रमशः ८५.५८ प्रतिशत, ८४.५६ प्रतिशत र ८२.९३ प्रतिशत रहेको छ । 

विद्यतीय भुक्तानी पूर्वाधारमा भएको विकास, 

विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि र प्रोत्साहन तथा सर्वसाधारणको विद्यतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी उल्लेख्य रहेको छ । इन्टरनेट बंैकिङ, मोबाइल बैंकिङ, वालेट तथा क्यूआर कोडमार्पmत हुने कारोबार संख्या र कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १८:२८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार