नेभिगेशन
अटोमोबाइल्स

सांग्रिला डेभलपमेन्ट बैंकको अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं –सांग्रिला डेभलपमेन्ट बैंकका नवनिर्वाचित अध्यक्ष उज्ज्वल सत्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

यस्तै सञ्चालक समितिका अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण पश्चात् नवनिर्वाचित सञ्चालक समितिद्वारा आफ्नो कार्य सुरु गर्ने व्यहोरा जानकारी गराइएको छ । बैंकको देशभर ११२ शाखा कार्यालय, ३० एटिएम शाखा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स