नेभिगेशन
अटोमोबाइल्स

इसेवा मनि ट्रान्स्फरले गर्‍यो सहयोग हस्तान्तरण

काठमाडौं –इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर बहुमुखि क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ ।

कम्पनीले डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसी र महासचिव संकेत कोइरालालाई सिजि ६५ एइ फोरके युएचजी एन्ड्रोइड टिभि र स्टेशनरी सामानहरू हस्तान्तरण गरेका हुन् ।

यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई ‘ओरेन्ज भाइब्स–चोर्डस फर कज २०२३’ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ । लक्ष्मी केयर्स ग्रिन इनिसेटिभ, गल्र्स एजुकेशन र फाइनान्सियल लिटेरेसी क्षेत्रमा सक्रिय रहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स