सिद्धार्थ बैंकको ‘ग्लोबल मनि वीक २०२३का भिडियो प्रतियोगि पुरस्कृत

शनिबार, चैत २५, २०७९

काठमाडौं–सिद्धार्थ बैंक लिमिटेडले ‘ग्लोबल मनि वीक २०२३’ को उपलक्ष्यमा आयोजना गरेको भिडियो निर्माण प्रतिस्पर्धाका विजेतालाई पुरस्कार वितरण गरेको छ ।

‘ग्लोबल मनि वीक २०२३’ को विषयवस्तु ‘प्ला योर मनि, प्लान्ट योर फिउचर’ लाई सार्थक बनाउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

‘बैंकमा बचत गर्नुका फाइदाहरू’ शीर्षकमा भिडियो बनाइएको थियो । अधिकतम मन पराइएका तीन प्रतियोगीहरूलाई क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

प्रतियोगिताका विजेताहरूलाई सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तीसारमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिएको छ । विजेताहरूलाई बैंकका डिजिटल मार्केटिङ प्रमुख अनन्त श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन् ।
 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार