नेभिगेशन
अटोमोबाइल्स

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं–नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

कोसी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र बैंकका कोसी प्रदेश प्रमुख राजीव गजुरेलले संयुक्त रूपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् ।

बैंकका कोसी प्रदेश प्रमुखले सेवाग्राहीहरूलाई एक्सटेन्सन काउन्टरमार्फत बैंकले प्रभावकारी सेवा दिइने बताए ।

एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरूप बैंकले यसअघि पनि विभिन्न स्थानहरूमा एक्सटेन्सन काउन्टरहरू विस्तार गरिसकेको बताइएको छ ।

हाल बैंकले २९६ शाखा कार्यालय र ५१ वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स