नेभिगेशन
अटोमोबाइल्स

सेनाको हिमाल सरसफाइ अभियानमा कोका–कोलाको साथ 

काठमाडौँ– नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । 

अन्य थुप्रै सरोकारवाला निकायको पनि सहभागिता रहेको यस अभियानमा दी कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको छ । यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान भएको बताइएको छ ।

पर्वतारोहीले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य रहेको अभियानले जनाएको छ ।

सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८ हजार मिटरभन्दा अग्ला हिमालहरू सरसफाइ गर्ने यो कार्यक्रममा कोका–कोलासहित थुप्रै सरोकारवाला निकाय पनि सहभागी छन् । 

चैत्र १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोर उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्टनरहरूलाई हस्तान्तरण गरिनेछ । 

टोलीमा आरोही, डाक्टर र शेर्पा समुदायका मानिसहरू छन्। प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन् । जसमा सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरू समावेश छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स