सत्ता गठबन्धनले पारित गर्‍यो सरकारको न्यूनतम साझा कार्यक्रम

बिहीबार, चैत २३, २०७९

काठमाडौं –सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ । बिहीबार बसेको गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले कार्यक्रमको मस्यौदा अनुमोदन गरेको हो । 
गठबन्धनमा आबद्ध जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा नेपाली कांग्रेसका महामन्त्री गगन थापासहितको मस्यौदा कार्यदल गठन गरिएको थियो । कार्यदलले केही हप्ताअघि नै बुझाएको न्यूनमत साझा कार्यक्रमको मस्यौदा गठबन्धनका शीर्ष नेताको बैठकले अनुमोदन गरेको हो ।
संसद्को बैठकपछि साँझ सिंहदरबारमा न्यूनतम साझा कार्र्यक्रम सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्