यिनै हुन् ट्रम्पलाई हिरासतसम्म पुर्याउने पोर्न स्टार [तस्बिरहरू ]
काठमाडौँ– अहिले अमेरिकाकी एक अश्लील चलचित्रकी नायिका (पोर्न स्टार) चर्चामा छिन् । उनी हुन् अमेरिकाकी पार्न स्टार स्टोर्मी ड्यानियल्स ।
अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेपछि उनी चर्चामा आएकी हुन् । उनले विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति भइसकेका ट्रम्पलाई पक्राउ गराउन सफल भएको भन्दै चर्चा चुलिएको हो ।
७६ वर्षीय पूर्वराष्ट्रपति ट्रम्प अहिले न्युयोर्कस्थित प्रहरी हिरासतमा छन् ।
४४ वर्षीय पोर्न स्टार स्टोर्मीले ट्रम्पमाथि फौजदारी अभियोग लगाउँदै मुद्दा दर्ता गराएकी छिन् ।
आफूसँग यौनसम्पर्क गरेको र त्यसलाई दबाउन तत्कालीन राष्ट्रपतिका प्रत्यासी ट्रम्पले एक लाख ३० हजार अमेरिकी डलर दिएको अभियोग उनले लगाएकी छिन् ।
यो घटना सन् २०१६ मा भएको उनको दाबी छ ।
सन् १९७९ मा लुसियानामा जन्मिएकी स्टोर्मी पोर्न स्टारसँगै अश्लील चलचित्रकी निर्देशक पनि हुन् । उनले अश्लील चलचित्रतर्फ विभिन्न पुरस्कारसमेत जितेकी छिन् ।
उनको वास्तविक नाम भने स्टेफनी क्लिफर्ड हो । तर, पोर्न क्षेत्रमा लागेपछि उनले नाम परिवर्तन गरेकी हुन् ।
स्टोर्मीले यसअघि गरेका दुईवटा विवाह सम्बन्ध बिच्छेदमा परिणत भइसकेका छन् । दोस्रो पतिबाट उनकी एक छोरी छिन् ।
पछिल्लो समय स्टोर्मीले सन् २०२२ मा ब्यारेट ब्लाडे नामका पार्न स्टारसँग विवाह गरेकी छिन् ।