सत्ता गठबन्धनको बैठक जारी, न्यूनतम साझा कार्यक्रमबारे छलफल हुँदै 

बिहीबार, चैत २३, २०७९

काठमाडौँ– सत्ता गठबन्धनमा आबद्ध ललहरू बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको बालुवाटारनिकट स्रोतले जनाएको छ । बैठकले कार्यक्रम पारित गरेपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्ने कार्यक्रम छ ।

सरकारले साझा न्यूनतम कार्यक्रममा सहमतिका लागि कार्यदल बनाएर बुधबार विभिन्न चरणमा छलफल गरेको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेत, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव डा विजय पौडेल र जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठ सदस्य छन् । 

कार्यदलले तयार पारेअनुसार ९ वटा विषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको बताइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १०:२४
प्रतिक्रिया दिनुहोस्