इलाम-२ मतगणना अपडेट : सुहाङले कटाए १६ हजार मत, कांग्रेस झनै पछि पर्‍यो

सोमबार, वैशाख १७, २०८१

काठमाडौं- इलाम–२ उपनिर्वाचनमा नेकपा एमाले उमेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता बढाउँदै लगेका छन् । भर्खरै प्राप्त विवरण अनुसार सुहाङले १६ हजार मत कटाएका छन् । उनले १६ हजार २१९ मत पाएका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । सुहाङ खड्काभन्दा ५ हजार ६६२ मतले अगाडि छन् ।

त्यस्तै, पहिचान पक्षधरका डकिन्द्र सिंह थेगिमले ८८२५ मत ल्याउँदा रास्वपाका मिलन लिम्बूले २६४६ मत ल्याएका छन् ।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए।

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्