अफगानी सेनाको सुरक्षा कारबाहीमा ६ जना आइएस लडाकु मारिए

मंगलबार, चैत २१, २०७९

मजार–इ–शरिफ (अफगानिस्तान)– अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा अफगान सेनाले इस्लामिक स्टेट (आइएस)विरुद्ध सञ्चालन गरेको कारबाहीमा छ जना लडाकु मारिएका छन् । 

बाल्ख प्रान्तमा इस्लामिक स्टेटका लडाकु लुकेको एउटा ठाउँमा छापा मारेर सेनाले कारबाही गर्दा ती विद्रोहीको मृत्यु भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीले बताएका छन् । अफगान सुरक्षा बलले सोमबार राति नहर–ए–शही जिल्लामा आइएसविरुद्ध कारबाही गरेको थियो । 

गत वर्ष अफगानिस्तानमा भएका केही घातक बम विष्फोटको जिम्मेवारी लिएको आइएसले उसका लडाकाविरुद्ध गरिएको सैन्य कारबाहीबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

अफगान कार्यवाहक प्रशासनले सशस्त्र विपक्षीहरूलाई ठेगान लगाउने प्रतिबद्धता व्यक्त गर्दै आइएस सङ्गठनलाई सुरक्षा खतराको रूपमा अस्वीकार गरेको छ ।  

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १२:४६
प्रतिक्रिया दिनुहोस्