पाकिस्तानको कराँचीमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु

शनिबार, चैत १८, २०७९

काठमाडौं–पाकिस्तानको कराचीस्थित एक कारखानामा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ ।

कारखानामा निःशुल्क खाद्य सामग्री वितरण भइरहँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूले जनाएका छन् । कारखानामा आगो लागेको हल्लापछि त्यहाँ भागदौड मच्चिएको थियो ।

भागदौडमा ९ जना महिला र ३ बालबालिकाको मृत्यु भएको हो । धेरै जना घाइते भएकोमा उनीहरूको उद्वार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्