जनतामा असन्तुष्टिको आगो सल्किरहेको छ : खनाल

शुक्रबार, चैत १७, २०७९

काठमाडौं –नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लेश अहिले चूनौतिपूर्ण अवस्थामा रहेको बताएका छन् । उनले विश्व राजनीतिमा पनि संकट पैदा भएको बताउँदै युक्रेनको घट्नामा विश्व र नेपालजस्तो देशले पनि शिक्षा लिनुपर्नेमा बताए ।

शुक्रबार काठमाडौंमा बोल्दै नेता खनालले नेपालले सन्तुलित परराष्ट्र नीति लिनुपर्ने सुझाव दिए । उनले संविधान निर्माणपछिको युगमा प्रवेश गरेपछि समृद्ध देश बनाउनका लागि बुद्धिमता देखाउनुपर्नेमा ठूला दलले त्यो काम गर्न नसकेको टिप्पणी गरे ।

अहिले चारैतिर संकट मडारिएको उल्लेख गर्दै खनालले आर्थिक क्षेत्रमा अवस्था भयावह रहेको बताए । ‘राजनीतिक रुपमा कसैको बहुमत नभएको र त्रिशंकु संसद् रहेको अवस्थामा एउटा सरकार बनाउन पनि कठिनाइ छ’, खनालले भने ।

वर्तमान सरकारसाम धेरै चूनौति रहेको जनाउँदै उनलले अहिले आम जनतामा असन्तुष्टिको आगो सल्किरहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १८:४२
प्रतिक्रिया दिनुहोस्