कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

शुक्रबार, चैत १७, २०७९

सुर्खेत –कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् ।  शुक्रबार प्रदेशसभाको नवौँ बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । शर्माले विश्वासको मत पाएको यो दोस्रो पटक हो ।

उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन् ।

मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मत मात्रै परेको छ । उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् । 

उनलाई माओवादीको १३, कांग्रेसको १४, एमालेको ९, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदको मत प्राप्त भएको छ ।  यसअघि ६ माघमा एमाले, राप्रपासहितको विश्वासको मत प्राप्त गरेका थिए । यद्यपि राप्रपाले समर्थन फिर्ता लिएपनि दोस्रो पटक विश्वासको मत लिएका हुन् ।
 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १७:४८
प्रतिक्रिया दिनुहोस्