सुनको मूल्य घट्यो

बिहीबार, चैत १६, २०७९

काठमाडौं –नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन ५०० रुपैयाँले बढेर तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७०० रुपैयाँ तोकिएको छ । सुनको मूल्य घटेपनि चाँदीको मूल्य बढेको छ । चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्