सुन–चाँदीको मूल्य फेरि बढ्यो

बुधबार, चैत १५, २०७९

काठमाडौं –नेपाली बजारमा सुन र चाँदीको मूल्य फेरि उकालो लागेको छ । बुधबार सुनको भाउ ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार ५ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन १ लाख ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन १ हजारले घटेर तोलाको १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी १ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:४५
प्रतिक्रिया दिनुहोस्