१२ अंकले बढ्यो सेयर बजार, १ अर्ब ४४ करोडको कारोबार

मंगलबार, चैत १४, २०७९

काठमाडौं– साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)  १२ अंकले बढेको छ । नेप्सेका अनुसार, मंगलबार ०.६३ प्रतिशतले बढेको सेयर बजारमा  ४० लाख ७७ हजार ७७८ कित्ता सेयर किनबेच भयोे । 

जसबाट १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको हो । मध्यसमयदेखि  सुधारिन थालेको नेप्से अन्तिम समयमा १९१८.१० बिन्दुमा पुगेर बन्द भयो ।

मंगलबार सुपर माई हाइड्रोपावर लिमिटेडले १० प्रतिशतको सर्किट लेभलको कारोबार गरेको छ भने सिर्जनशील लघुवित्त र एसियन हाइड्रो लिमिटेडको ९.९९ प्रतिशतको सेयर कारोबार गरि नाफा कमाएका छन् ।

सेयर बढे पनि तेह्थुम पावर कम्पनी लिमिटेडले ३.१७ प्रतिशतको सेयर घाटा ब्यहोरेको छ । मंगलबार सबैभन्दा बढी सेयर कारोबार आइएमई जनरल इन्सोरेन्स लिमिटेडको भएको छ । कम्पनीको  ६ कराड १५ लाख १३ हजार रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी आइएमई जनरल इन्सोरेन्स लिमिटेडकै १ लाख ५८ हजार १३३ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको २६३८ पटक सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्